इम्बोस्ड नम्बर प्लेट जडान : आधुनिक प्रविधिको प्रयोग कि नेपाली भाषा विरुद्धको षड्यन्त्र ?

विहीबार, १२ भदौ २०८२, ११ : २९

नेपालमा सवारीसाधन दर्ता प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान अभियान अहिले चर्चा र बहसको बिषय बनेको  छ । तर तथ्य र प्रविधिको आधारमा हेर्दा, यो प्रणाली नेपालमा यातायात व्यवस्थापनलाई नयाँ चरणमा लैजाने एउटा महत्वपूर्ण कदम हो । 

विकास र प्रविधि मात्र नभई राष्ट्रियता र भाषा–संस्कृतिसँग पनि जोडिनुपर्ने विषय भएकाले यसले बहसलाई गहिरो बनाएको छ । यसलाई कतिपयले “आधुनिक व्यवस्थापनको सुरुवात“ भनेका छन् भने कतिपयले “अविवेकपूर्ण निर्णय भन्दै आलोचना गरेका छन् । नागरिकहरुलले सरकारविरुद्ध आक्रामक शैलीमा टिप्पणी गरेका छन ।

यद्यपि तथ्य र प्रविधिको आधारमा हेर्दा, यो प्रणाली नेपालमा यातायात व्यवस्थापनलाई नयाँ चरणमा लैजाने एउटा महत्वपूर्ण कदम हो ।बिकास ,  प्रवधी पनि देशको राष्ट्रियतासंग संगै जोडिनु पर्दछ  । 

इम्बोस्ड नम्बर प्लेट भनेको धातुमा विशेष प्रिन्टिङ प्रविधिबाट उठेको (उठेको अक्षर–अङ्क सहितको) नम्बर लेखिएको प्लेट हो। यसमा विशेष सुरक्षा कोड, स्क्यान गर्न मिल्ने बारकोड, र रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (RFID) चिप समेत रहने भएकाले यो सामान्य प्लेटभन्दा निकै सुरक्षित छ । डिजिटल प्रणालीसँग जोडिएकाले गाडीको विवरण इलेक्ट्रोनिक रूपमा खोज्न वा ट्र्याक गर्न सकिन्छ। 

सवारी कर, जरिवाना वा बीमा सम्बन्धी विवरण सहजै प्रणालीमा देखिने हुन्छ । ट्राफिक प्रहरीलाई गाडी पहिचान गर्न सजिलो हुन्छ  । बिश्वमा  इम्बोस्ड प्लेट प्रविधिलाई  विश्वसनीय मानिएको छ । पछिल्ला समयमा नेपालमा सवारीसाधनको संख्या तीव्र गतिमा बढिरहेको छ ।  तर, दर्ता प्रणाली भने अझै परम्परागत शैलीमै छ । 

कर बिमा , राजस्व  , दुर्घटनापछि गाडी पत्ता लगाउने जस्ता समास्याको  समाधानको रुपमा इम्बोस्ड प्लेट लाभदायक छ विश्वका धेरै विकसित र विकासोन्मुख राष्ट्रहरूले इम्बोस्ड नम्बर प्लेट लामो समयदेखि प्रयोग गर्दै आएका छन्। जापान, कोरिया, चीनजस्ता देशहरूले आफ्नै भाषालाई अनिवार्य रूपमा नम्बर प्लेटमा राखेका छन्।

यसरी भाषा र प्रविधिलाई एकसाथ जोडेर राष्ट्रिय पहिचान पनि सुरक्षित गरिएको छ।तर नेपालमा भने संविधानको धारा ७ मा नेपाली भाषा (देवनागरी लिपि) लाई सरकारी कामकाजको भाषा मान्यता दिइएको भए पनि, इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषालाई प्राथमिकता दिइनुले विवाद उत्पन्न गरेको हो । नागरिकहरू यसलाई संविधान विपरीत भन्दै विरोध गरिरहेका छन्।

देश भन्नाले भौगोलिक सिमना मात्र नभैई त्यस देशको भाषा र संस्कृति पनि हो । नेपाल सरकारले २०७१ सालमै यो प्रणाली ल्याउने तयारी गरेको भए पनि प्रशासनिक ढिलाइ र कानुनी जटिलताका कारण कार्यान्वयन ढिलो भयो। अन्ततः २०७५ सालदेखि परीक्षण चरणमा यो प्रणाली लागू गरेको छ । आफ्नै भाषामा प्रविधिको प्रयोग गर्न सकिञ्छ।  भाषाकै समस्या हो भने जापान, कोरिया, चाइना जस्ता देशले आफ्नो भाषामा नै लेखेका छन् । 

‘विभिन्न देशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने अभ्यास भए पनि ती देशले आआफ्नै भाषाका लिपिको प्रयोग गर्ने गरेकामा नेपाली भाषा हटाएर अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णय  निन्दनीय छ’। ।

‘सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्नैपर्ने भए प्रचलित रङअनुरूपकै प्लेटमा नेपालको पहिचान झल्किने गरी नेपाली भाषामा राखिनुपर्छ’, नेपाल सरकारले २०७१ सालमै यो प्रणाली ल्याउने तयारी गरेको थियो। तर प्रशासनिक ढिलाइ र कानुनी जटिलताका कारण २०७५ सालमा मात्र परीक्षण चरण सुरु भयो। पछि, २०८० वैशाख १४ गते राजपत्रमा प्रकाशित सूचनामार्फत नेपाली वा अंग्रेजी वा दुवै भाषामा इम्बोस्ड नम्बर प्लेट राख्न सकिने व्यवस्था भएको थियो।

तर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदै गर्दा सरकारले पुनः अंग्रेजी मात्र हुने निर्णय जारी गरेपछि आलोचना फेरि चुलिएको हो । नेपालमा सवारीसाधनको संख्या तीव्र गतिमा बढिरहेको छ, तर दर्ता प्रणाली अझै परम्परागत शैलीमै छ।

दुर्घटना वा चोरीपछिको पहिचान, कर तथा बीमा व्यवस्थापन, राजस्व संकलनजस्ता समस्याको समाधानका लागि इम्बोस्ड नम्बर प्लेट महत्वपूर्ण छ।तर यसलाई देशको भाषा, संस्कृति र पहिचानसहित लागू गर्नुपर्ने माग व्यापक छ। विभिन्न देशजस्तै नेपालले पनि आफ्नो राष्ट्रिय भाषालाई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा राख्नु अपरिहार्य देखिन्छ।

सरकारले प्रविधिसँगै राष्ट्रिय भाषा र संविधानको मर्मलाई सम्मान गर्दै समाधान निकाल्न सके मात्र यो अभियानलाई जनसमर्थन मिल्नेछ । 


 

 
 
 
विहीबार, १२ भदौ २०८२, ११ : २९

प्रतिक्रिया