सेयर बजार

नेप्सेमा ३८.१० अंकको गिरावट, ८ अर्ब माथिको कारोबार

विहीबार, १२ भदौ २०८२, १५ : २७

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ को विन्दुमा आएको छ । 

नेप्सेमा यसदिन ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ९५ लाख माथिको सेयर कारोबार भएको छ । 

आज विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । 

ओरन्टेल होटलका लगानीकर्ताले आज सर्वाधिक ४.७१ प्रतिशतका दरले गुमाएका छन् । यस्तै लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले गुमाए ।

यसदिन नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ६५ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दास्रोमा हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्ट्रिलरीको ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

 
विहीबार, १२ भदौ २०८२, १५ : २७

प्रतिक्रिया