काठमाडौं- आईसीएफसी फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँ बराबरको ऋणपत्र “८% आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्कासन गर्ने भएको छ ।
कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा आईसीएफसी फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने कम्पनीले जनाएको छ ।
यस कम्पनीले २१ शाखा कार्यलयहरु र १८ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया