नेताहरुका विगतका अभिव्यक्ति अहिले आफैंलाई गलपासो

शुक्रबार, १३ भदौ २०८२, १३ : ३८

काठमाडौं– नेताहरुका विगतका अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा छाइरहँदा आफैंलाई गलपासो बन्दै गएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको विगतमा पूर्वराष्ट्रपति विद्या भण्डारी लक्षित अभिव्यक्ति अहिले निकै भाइरल भइरहेको छ । 

उनले राष्ट्रपतिको दुई कार्यकाल सकाएर बिदा भएकी भण्डारी राजनीतिमा फर्कन सक्ने बताएका थिए । पत्रकार  ऋषि धमलासँगको एक अन्तरर्वार्तामा उनले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन कसैले बञ्देज नलगाउने बताएका थिए । भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनमा एमालेले रोक नलगाउने बताउँदै स्वागत गर्ने उद्घोष ओलीको थियो । 

तर, समयक्रममा आफूलाई चुनौती दिने छनक पाएपछि ओलीले केन्द्रीय समिति बैठकबाटै उनको सदस्यता नवीकरण प्रक्रियामै अंकुश लगाइदिएका छन् । उनको सोही विगतको अन्तरवार्ताको उक्त अंश अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यस्तै माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल राजनले समेत मन्त्री बन्न दश करोड बुझाउनुपर्ने र त्यो रकमर आफूले दिन नसक्दा मन्त्री नभएको भन्दै दिएको एक अन्तर्वार्ता निकै भाइरल भएको छ ।

यद्यपि, उनले त्यो कुन प्रयोजनका लागि भनेका हुन् भन्ने भिडियोको उक्त अंशमा स्पष्ट छैन । तर, पूर्ण अन्तवार्ताको अंश दश करोड बुझाउनुपर्ने अभिव्यक्ति भएको क्लिप भने अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 
 
 
 
शुक्रबार, १३ भदौ २०८२, १३ : ३८

प्रतिक्रिया