“कार्बन बजारलाई आर्थिक र वातावरणीय अवसर बनाउनुपर्ने”

शुक्रबार, १३ भदौ २०८२, १५ : १६

जाकार्ता - इन्डोनेसियाको वातावरण मन्त्रालयले देशको कार्बन विनिमय प्रणालीमा निजी क्षेत्र र सरकारी संस्थाहरूलाई सहकार्य र व्यापक सहभागिताका लागि  अनुरोध गरेको छ । 

वातावरण मन्त्रालयका जैव विविधता तथा सामाजिक–सांस्कृतिक स्रोत संरक्षण सम्बन्धी विशेषज्ञ नोयर आदि वार्दोजोले भन्नुभयो, “इन्डोनेसियाका लागि यी उपकरणहरू केवल आर्थिक लाभमात्र होइन, वातावरण संरक्षणका दृष्टिले पनि अतिनै महत्वपूर्ण अवसरहरू हुन् ।”

सेप्टेम्बर २०२३ मा सुरु गरिएको ‘आइडीएक्स कार्बन’ विनिमय प्लेटफर्मले नवीकरणीय ऊर्जा उत्पादक कम्पनीहरूलाई कार्बन क्रेडिट बिक्री गर्ने र उच्च उत्सर्जन गर्ने उद्योगहरू जस्तै कोइला उद्योगसँग कारोबार गर्ने सहज व्यवस्था प्रदान गरेको छ ।

मन्त्रालयका अनुसार, यस वर्षको अगस्ट २२ सम्म आइडीएक्स कार्बनमार्फत कुल ७८.३७ अर्ब रुपिया -करिब ४.७८ मिलियन अमेरिकी डलर_ बराबरको लेनदेन भएको छ ।
(रासस / सिन्ह्वा)

शुक्रबार, १३ भदौ २०८२, १५ : १६

प्रतिक्रिया