सेयर बजार

साताभर २३.०३ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, १४ भदौ २०८२, १२ : ०१

काठमाडौं- यस साता नेप्से परिसूचक २३.०३ अंकले बढेर विन्दुमा आईपुगेको छ। गत साता २७५७.९७ विन्दुमा बन्द भएको नेप्से यो साता २३.०३ अंकले बढेर २७८१ को विन्दुमा पुगेको हो ।

यस साता पाँच कारोबार दिन नै बजार खुल्यो । यस साता दुई कारोबार दिन घटेको बजार तीन कारोबार दिन भने बढेको थियो । 

यस साता औसतमा करिब ६ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ६ अर्ब ५४ करोडको कारोबार भयो । सोमबार ५ अर्ब ७५ करोड, मंगलबार ४ अर्ब १८ करोड, बुधबार ७ अर्ब ६८ करोड र बिहीबार ८ अर्ब ९ करोडको कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से १८.०२ अंकले घटेर २७३९.९५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको एक करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से २१.३० अंकले बढेर २७६१.२६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ४.८३ अंकले बढेर २७६६.०९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ५३.०१ अंकले बढेर २८१९.१० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से ३८.१० अंकले घटेर २७८१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ९५ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

हालसम्म सेयर बजार पुँजीकरण ४६ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । 
 

 
शनिबार, १४ भदौ २०८२, १२ : ०१

प्रतिक्रिया