काठमाडौं - आजभन्दा झण्डै ३० वर्ष पहिले पश्चिमा विद्वानहरुले चीन विश्वको आर्थिक शक्ति बन्ने विश्लेषण गरेका थिए । त्यतिबेला धेरै मानिसहरुलाई यसप्रति विश्वास भएन । किनकी अमेरिकी प्रभुत्व प्रभावशाली थियो त्यसबेला । ती विद्वानहरुको भविष्यवाणि अहिले सही सावित हुने अवस्थामा पुग्दैछ ।
तत्कालीन सोभियतसँघको बिघटनपछि एक ध्रुवीय बनेको विश्व अमेरिकी प्रभावमा गयो । उसको शक्तिलाई चुनौति दिने तागत संगठित रुपमा जन्मन सकेको थिएन । अहिले भने विश्व व्यवस्थामा नै फेरबदलका संकेतहरु देखिएका छन् । उदाउँदै गरेको चीन , रसिया र भारतसँग अहिले ठूलो क्षमता रहेको छ । रसिया एक्लैले अमेरिकी पक्षधर शक्तिलाई चुनौति दिइरहेको अवस्था एकातिर छ भने अर्कोतिर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको प्रभाव पनि बढ्दो क्रममा छ । शान्त कुटनीतिमा विश्वास गर्ने चीन आज अमेरिकन ध्रुवलाई चुनौति दिने बलियो शक्ति
बनिरहेको छ । ट्रम्पले लादेको ट्यारिफ वारले एसियाका उदाउँदा शक्तिहरुलाई एक अर्काको नजिक पुर्याएको छ । यति मात्र होइन उनीहरु रसियासँग पनि नजिकिएका छन् । यसले ट्रमपको निद हराम भएको छ । उनका आर्थिक सल्लाहकारले मोदी र सीको आलोचना गरेका छन् । यदि अमेरिकाले आफ्नो साम्राज्यवादी र बहुलट्ठीपूर्ण नीतिहरुमा परिवर्तन ल्याएन भने विश्व समुदायबाट अमेरिका अलग हुने कुरा प्रष्टै छ ।
चीनको तियान्जिनमा भएको एक अन्तराष्ट्रिय सम्मेलनमा मोदी र सी पुटिनसँग जुन भाव भंगीमा देखापरे त्यसले अब विश्वको शक्तिेकेन्द्र एसिया बन्ने कुरामा धेरै संभावना बढेको छ । भारत र चीनले पनि अमेरिकामाथि नाकाबन्दी लगाए भने साँच्चिकै रुपमा विश्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन आउनेछ । त्यो संभावना बलियो बन्दै पनि गएको छ ।
प्रतिक्रिया