काठमाडौं- एनआईएमबी एस क्यापिटलले सञ्चालन गरेको ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको सञ्चालक समितिको बैठकले एनआईबीएल ग्रोथ फन्ड, मेगा म्युचुअल फन्ड–१ र एनआईबिएल समृद्धि फन्ड–१ को लाभांश वितरण गर्ने निर्णय गरेको हो।
इकाइधनीहरुले करसहित एनआईबीएल ग्रोथ फन्डमा १० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ), मेगा म्युचुअल फन्ड–१ मा ११.७५ प्रतिशत (१४ करोड ६८ लाख ७५ हजार रुपैयाँ) र एनआईबिीएल समृद्धि फन्ड–१ मा ७ प्रतिशत (१० करोड ५० लाख रुपैयाँ) नगद लाभांश वितरण गरिने क्यापिटलले जनाएको छ।
यी फन्डहरुको लाभांश वितरणार्थ कम्पनीले भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअर्थ भदौ २६ गतेसम्म कायम इकाइधनीले यी म्युचुअल फन्डको लाभांश पाउनेछन्।
प्रतिक्रिया