काठमाडौं- यस साता नेप्से परिसूचक ६१.२३ अंकले घटेर २७१९.७७ विन्दुमा आईपुगेको छ। गत साता २७८१ विन्दुमा बन्द भएको नेप्से यो साता ६१.२३ अंकले घटेर २७१९.७७ को विन्दुमा पुगेको हो ।
यस साता पाँच कारोबार दिन नै बजार खुल्यो । यस साता तीन कारोबार दिन घटेको बजार एक कारोबार दिन मात्र बढेको थियो । आइतबार ३१.१८ अंक घटेको बजार सोमबार १२.०३ अंक बढ्यो । मंगलबार १९.८९, बुधबार १५.६४ र बिहीबार ६.५५ अंक घट्यो ।
यस साता औसतमा ५ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ६ अर्ब ६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोडको भयो । मंगलबार ४ अर्ब ३८ करोड, बुधबार ४ अर्ब ७२ करोड तथा बिहीबार ५ अर्ब १४ करोडको भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से १२.०३ अंकले बढेर २७६१.८६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से १९.८९ अंकले घटेर २७४१.९७ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से १५.६४ अंकले घटेर २७२६.३३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से ६.५५ अंकले घटेर २७१९ .७७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
प्रतिक्रिया