सेयर बजार

नेप्सेमा ११.५२ अंकको गिरावट, कारोबार ४ अर्ब ४० करोडमा सीमित

आइतबार, २२ भदौ २०८२, १५ : ४२

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको सेयर कारोबार भएको छ । 

आज हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ५.८३ प्रतिशत र यूनिभर्सल पावरका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् ।

पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन यूनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक २९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४६ लाख रुपैयाँ र तेस्रोमा एभरेष्ट बैंकको २२ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 
आइतबार, २२ भदौ २०८२, १५ : ४२

प्रतिक्रिया