सेयर बजार

नेप्सेमा ३५.९९ अंकको गिरावट, ५ अर्ब २३ करोडको कारोबार

सोमबार, २३ भदौ २०८२, १५ : २९

काठमाडौं- साताको दोस्रो दिन कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड माथिको सेयर कारोबार भएको छ । 

Capture

आज हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । एनसीसी डिबेञ्चर २०८६ का इकाईधनीले ४.३५ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

बराही हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ५.२८ प्रतिशतका दरले  गुमाएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २४ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनिभर्सल पावरको २३ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 
सोमबार, २३ भदौ २०८२, १५ : २९

प्रतिक्रिया