टिप्पणी

शोकलाई शक्तिमा बदलौं, शहीदको रगतलाई खेर जान नदिऊँ

बुधबार, ०१ असोज २०८२, १३ : २२

काठमाडौं - संसारमा बिरलै हुने घटना नेपालमा भएको छ । २७ घण्टाको अन्तरालमा सत्ता पलट भएर नयाँ सरकार बनेको छ । तर यस क्रममा जेनजि पुस्ताका कलिला युवाहरुको बलिदानी भएको छ । आन्दोलनमा बगेको रगतले जे मागेको थियो त्यो भने पुरा होला या नहोला भन्न सकिन्न । तर तीसौ. वर्षदेखि सत्तामा हालिमुहाली गरेर मुलुकलाई तन्नम बनाउनेहरुको भने उठिवास लागेको छ । 

आज सरकारले तीनै वीर शहीदरहेको सम्मानमा देशभर सार्वजनिक बिदा दिएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिइएको हो । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ । शहीलहरुको सम्मानमा शोक विदा दिने र झण्डा झुकाउने चलन पुरानै हो ।

यतिले मात्र शहीदहरुको सपना साकार हुँदैन । उनीहरुले देखेको सपना पुरा गर्न बाँचेका आन्दोलनकारी र त्यही आन्दोलनको बलमा सत्तामा पुगेकाहरुले इमान्दारीसाथ लाग्न जरुरी हुन्छ । जेनजी युवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी र सुशासन चाहेका हुन । अरु कुरा सहायक हुन । तर दुर्भाग्य अहिलेसम्म देश उक्त दिशामा गएको देखिदैन । 
भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७३ जना मारिएका छन् । आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।

जेनजी आन्दोलनका बारेमा अहिले अनेक खालका टिप्पणीहरु हुन थालेका छन् । घटना घटेपछि विश्लेषण गर्ने र आफू नै सबैभन्दा जान्ने बन्ने नेपाली वौद्धिकहरुको नयाँ चलन होइन । अहिले एक से एक विश्लेषकहरु मिडियामा आइरहेका छन् । उनीहरुले जे सुकै विश्लेषण गरे पनि नेपाली समाजमा भ्रष्टाचार, कुशासन र नेताहरुको भ्रष्ट जीवनशैली उदांगो भएकै हो । युवा मात्र होइन देशप्रति चिन्तित हरेक नेपाली नागरिकले आजको अवस्थाबाट मुक्ति चाहेका थिए । ऐतिहासिक जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रका अगुवाहरु यति धेरै बदनाम भएकी उनीहरुकै कारण यो व्यवस्थामाथि नै ठूलो प्रश्नचिन्ह उठ्यो । व्यवस्था रहन्छ रहँदैन भन्ने अझै कुनै निश्चित छैन । 

कुनै पनि विषयमा आन्तरिक अवस्थाले मुख्य भूकिा खेल्ने गर्दछ । बाहिरी तत्व त आन्तरिक अवस्था कमजोर हुँदा प्रवेश गर्ने हो । नेपालको वर्तमा राजनीतिक अवस्थामा पनि यही भएको छ । मुलुकका राजनीतिक शक्तिहरु व्यवस्थालाई बलियो बनाउन भन्दा मिलिजुली खाने योजनमा लागे । संसदका दुईठूला दलहरु मिलेर सरकार बनाउनुको मुल उद्देश्य नै मिलेर सत्ता दोहन गर्ने थियो । जसले गर्दा संसदमा प्रतिपक्षी आजाव कमजोर बन्न गयो । सडकमा पनि संसदका राजनीतिक दलहरु भएनन् । संसदीय व्यवस्थामा पहिलो ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलाृ दलले प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्ने मान्यता हुन्छ ।

यसो हुँदा जनताका मुद्धाहरु पनि सरकारले समबोधन गर्न बाध्य हुन्छ । तर यहाँ त पहिलो र दोस्रो दल नै सरकारमा भएपछि सरकार निरङ्कुश बन्ने स्वभाविक भयो । यसको असर राज्यका सबै संयन्त्रमा पर्न गयो । कमजोर प्रतिपक्ष हुँदा अन्य तत्वहरुले खेल्ने ठाउँ पाए । त्यसैले आजको अवस्था आउनुमा एमाले र कांग्रेस नै सबैभन्दा बढी जिम्मेवार छन् । प्रतिपक्षी माओवादी केन्द्र पनि जिम्मेवार भूमिका खेल्न असफल भएकै हो । 

जुनसुकै कारण र अवस्थाबाट भए पनि नयाँ सरकार बनेको छ । यसमा यसवा पुस्ताके भावना पनि जोडिएको छ । त्यसैले शहीदहरुको बलिदानलाई खेर जान दिनु हुँदैन । शोकलाइई शक्तिमा बदल्दै आन्दोलनबाट सिर्जित परिस्थितिलाई लयमा फर्काउन पुराना दलहरुले पनि सहयोग गर्नुपर्दछ । निर्वाचनपछि राज्यको बागडोर सम्हाल्ने यिनै दलहरु हुन । त्यसैले परिस्थितिलाई बिग्रिन दिनु हुँदैन ।   

 
बुधबार, ०१ असोज २०८२, १३ : २२

प्रतिक्रिया