काठमाडौं- जेनजी आन्दोलनका कारण बन्द भएको सेयर बजार अन्तरिम सरकार गठन भएपछि आज बिहीबार पहिलो पटक खुलेको छ । लामो समयपछि खुलेको बजारमा आज प्रि ओपन सेसनमा दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको छ।
यस सेसनमा ५ करोड २७ लाख ६ हजार ९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा १६८ कम्पनीको १ लाख ३० हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार भएका कम्पनीहरुमध्ये १३ कम्पनीको मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ। बाँकी ३ कम्पनीको मूल्य भने यस सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया