नेप्सेमा दोस्रो पटक ऋणात्मक सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

विहीबार, ०२ असोज २०८२, ११ : ४२

काठमाडौं- सेयर बजारमा एकैदिन दोस्रो पटक ऋणात्मक सर्किट लागेको छ । बजार खुलेको सुरुवाती २ मिनेटमा नै नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो ।

दोस्रो पटक खुल्ने वित्तीकै बजारमा पुनः नकारात्मक सर्किट लागेको हो । बजार अब ४० मिनेटका लागि बन्द भएको छ । नेप्से ५ प्रतिशतले घटेर २५३८ बिन्दुमा झरेको छ ।

सेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले घट्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले घट्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले घटेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

 
विहीबार, ०२ असोज २०८२, ११ : ४२

प्रतिक्रिया