सेयर बजार

नेप्सेमा १११.७० अंकको वृद्धि, ९ अर्ब १७ करोड माथिको कारोबार

आइतबार, ०५ असोज २०८२, १५ : २३

काठमाडौं- जेनजी आन्दोलनपछि बन्द भएको सेयर बजार गत साता बिहीबार खुल्दा नेप्सेमा ६ प्रतिशतले गिरावट आएको थियो । तर आजको कारोबारमा गतिलो बाउन्स ब्याक देखिएको छ । 

साताको पहिलो कारोबार दिन आज सेयर बजार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.६२ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२९ कम्पनीको २ करोड ३२ लाख २२४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १७ करोड माथिको सेयर कारोबार भएको छ । 

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ४८ करोड २६ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ९ कम्पनीका लगानीकर्ताले सर्वाधिक  १० प्रतिशतका दरले कमाएका छन् ।जसमा सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफी हाइड्रोपावर र हिमाल दोलखाका लगानीकर्ता रहेका छन् । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ७.६४ प्रतिशतका दरले गुमाएका छन् ।

 
आइतबार, ०५ असोज २०८२, १५ : २३

प्रतिक्रिया