काठमाडौं - नेपालीहरुको महान चाड दशैं संघारमै आइसकेको छ । तर दशैँले आम नेपालीलाई रोमाञ्चित बनाउन सकेको छैन । एकातिर जेनजि विद्रोहले देश जलेको छ भने अर्कोतिर देशका मुख्य राजमार्गहरुमा गएको पहिरोले यात्रालाई असहज र कष्टकर बनाइरहेका छनु । यद्यपी नयाँ सर नयाँ सरकारले दशैंलाई लक्षित गरेर थुप्रै निर्णयहरू गरेको छ । सरोकारवालासँगको छलफलपछि गरिएको यस्तो निर्णयले वास्तवमा नै यातायातलाई सहज बनाउला भन्ने अपेक्षा छ, जो स्वाभाविक पनि हो । जुनसुकै दशैँका बेला पनि १२ देखि १५ लाखसम्मको संख्याले काडमाडौं उपत्यका छाड्छन् । अघिल्ला वर्षहरूमा महिना दिनअघिदेखि बुकिङ खुल्ने गर्दथ्यो । यो पटक भने अत्यधिक वर्षाको कारण त्यस्तो भएन । यही वर्षाले पूर्वतर्फ जाने वैकल्पिक मानिएको बीपी राजमार्ग दशैँमा कामचलाउ त बनाइएको छ तर यात्रुका लागि भरपर्दो हुन सकेको छैन । योभन्दा पनि अहिलेको खतरा परम्परा मार्ग नै भएका छन् । करिब तीन दिन मुग्लिन–नारायणघाट सडकखण्डमा गएको सुक्खा पहिरोले करिब १२–१५ हजारको संख्याका सवारीसाधन तीन दिन रोकिए । पश्चिमतर्फको दाउन्ने खण्ड त अवरोधको स्थायी छँदै थियो । यसको सन्देश यसरी फैलिएको छ, जसले केन्द्रीय राजधानीबाट यो पर्वमा बाहिर जान खोज्नेहरूलाई मात्र होइन उनका परिवारलाई मानसिक यातना नै दिएको पाइयो ।
यो दशैं त्यसै पनि खल्लो हुनु स्वभाविक छ । आन्दोलनमा झण्डै ७५ जना युवाहरुको ज्यान गएको छ । सैयौं घाइृते भएर अस्पतालमा छनु । देशका ऐतिहासिक र मूल्यवान सम्पादहरु जलेर खरानी भएका छनु । आमा नागरिकमा अझै.पनि सुरक्षाको अनुभूति हुन सकिरहेको छैन । राष्ट्रिय राजनीति नै अत्यन्त तरल अवस्थामा छ । कहिले के हुने हो भन्ने कसैलाइृ थाहा छैन । हरेकको मनमा संशयको बादल मडारिएको छ । यस्तो विषमा परिस्थितिमा दशै.को रौनक कसरी छाउन सक्ला र ? तर पनि आम नेपाली जनता जो दुखजीलो गरेर जीवन गुजारा गरिरहेका छन, तिनीहरुका लागि दशैैं लगायतका पर्वहरुको विशेष महत्व हुने गर्दछ । त्यसैले नागरिकको जनजीवनलाई सहज बनउनु सरकारको अहमु दायित्व हो । का
सरकारले दशैंको यात्रालाई सहज बनाउन काठमाडौंबाट बाहिरिने यात्रुवाहक सवारीसाधनका लागि बहुचर्चित नागढुंगा सुरुङमार्ग प्रयोगमा खुला गर्ने निर्णय गरेको छ । । अघिल्लो दशैँमा यही खण्डमा ठूला दुर्घटना अर्थात् पहिरोले ठूला यात्रुवाहक बस नै पुरिएका थिए । यो पटक नागढुंगा सुरुङमार्ग प्रयोगमा आउन दिइएको पृष्ठभूमि यो पनि एउटा हुनुपर्छ । तर यो मार्गमा नयाँ संकट अर्को खण्डमा थपिएको अवस्था छ । यसले यात्रु मात्र होइन खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनको आवागमनमा अवरोध हुँदा दशैँकै मुखमा वस्तुको अभाव पनि चुलिन गएको देखिन्छ । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोलाको पहिरोले सवारीसाधनलाई तीन दिन रोक्दाको अवस्था वास्तवमा नै अवर्णनीय नै हुन गएको देखियो ।
अहिले भौतिक मन्त्रालयले पनि केही नयाँ व्यवस्था गरे छ । भर्खर मात्र एउटा ठूलो विध्वंसपछिको मानसिक त्रास हटाउने यो मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी गस्ती र संख्या थप गर्न गृहलाई अनुरोध गर्ने भनेर निर्णय गरेको छ । अरु निर्णयमा दाउन्ने खण्डमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई आवागमनको व्यवस्था, मुलुकभरका मुख्य सडक चुस्त, दुरुस्त राख्न आवश्यक यन्त्रहरूको व्यवस्थापन, बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा चौबीसै घण्टा दुईतर्फी यातायात सञ्चालन गरिने, नारायणगढ–मुग्लिन सडकको तुइन खोलाको पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने, तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैँअघि नै सञ्चालनको गृहकार्य, मुलुकभर सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न चौबीसै घण्टा उपलब्ध हुनेगरी ‘कन्ट्रोल रुम’ सञ्चालन गर्न ‘फोकल पर्सन’को व्यवस्था आदि । यद्यपी यस्ता विपतिहरू मानवीय लापरबाहीले पनि प्रकट भइरहेका छन् । काडमाडौंलाई तराई जोड्ने एउटा ठूलो वैकल्पिक मार्ग बीपी राजमार्ग लेदोले भरिभराउ भएर चल्न छाडेको छ। जथाभावी उत्खननले गर्दा उक्त समस्या आएको हो । पश्चिमतर्फको दाउन्ने खण्ड निर्धारितभन्दा धेरै नै लामो समयसम्म काम नसकिँदा प्रत्येक वर्ष यही कुरा दोहोरिहने गरेको छ । कम्तीमा विकल्पविहीन मार्गका लागि त यस्तो खेलबाड हुन नदिनुपर्ने हो । तर सधैँ यस्तै भइरहेको देखिन्छ । नयाँ सरकारले जनताकोे जीवनमा पैत्यक्ष प्रभाव पार्ने यस्ता विषयहरुमा ठोस निर्णयहरु लिन सकोस् । साथै दशै.को बहानामा हुने बजारको अनियमितता र बदमासीलाई नियन्त्रण कठोर कदम चालोस् । जनतालाई राज्य बिहीनताको अनुभूति हुन नदेओस् ।
प्रतिक्रिया