काठमाडौं- बुधबार सेयर बजार नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड माथिको सेयर कारोबार भएको छ ।
आज यूनियन हाइड्रोपावरको सर्वाधिक २२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख रुपैयाँ र हिमालयन रिइनस्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज माथिल्लो मैलुङ खोला जलविद्युत र सिटी होटल्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, हिम स्टार ऊर्जाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाए ।
उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ५ प्रतिशतका दरले गुमाएका छन् ।
आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्दा भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया