सेयर बजार

नेप्सेमा २.३५ अंकको गिरावट, कारोबार ३ अर्ब २६ करोडमा सीमित

विहीबार, ०९ असोज २०८२, १५ : २२

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३२७ कम्पनीको ७९ लाख ५३ हजार ७४० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २६ करोडको सेयर कारोबार भएको छ ।

Capture

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३० करोड ९० लाख रुपैयाँको ससेयर कारोबार भएको छ । यस्तै, यूनियन हाइड्रोपावरको १८ करोड ३४ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, प्रभु बैंक डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाउँदा कालिका पावरका लगानीकर्ताले ६.७२ प्रतिशतका दरले कमाए ।

सिटी होटल्सका लगानीकर्ताले आज सर्वाधिक ७.५५ प्रतिशतका दरले गुमाएका छन् ।

नेप्सेमा कारोबार भएकामध्ये आज १०७ कम्पनीको सेयर मूल्य बढ्दा १३९ कम्पनीको सेयर मूल्य घटेको छ ।

 
विहीबार, ०९ असोज २०८२, १५ : २२

प्रतिक्रिया