सेयर बजार

साताभर १४०.०९ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, ११ असोज २०८२, ११ : ५२

काठमाडौं- यस साता नेप्से परिसूचक  १४०.०९ अंकले बढेर २६५२ विन्दुमा आईपुगेको छ। गत साता २५११.९१ विन्दुमा बन्द भएको नेप्से यो साता १४०.०९ अंकले घटेर २६५२ को विन्दुमा पुगेको हो ।

यस साता चार कारोबार दिन बजार खुल्यो । यस साता दोस्रो कारोबार दिन घटस्थापना परेकोले बजार बन्द भएको थियो ।  यस साता दुई कारोबार दिन बढेको बजारमा दुई कारोबार दिन भने गिरावट आएको थियो । आइतबार १११.७० अंक र मंगलबार ५८.६३ अंक बढ्यो । यस्तै, बुधबार २७.८९ अंक घट्दा बिहीबार २.३५ अंकले घट्यो ।

यस साता औसतमा ५ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ९ अर्ब १७ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब २९ करोडको भयो । बुधबार ४ अर्ब १२ करोड तथा बिहीबार ३ अर्ब २६ करोडको कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से १११.७० अंकले बढेर २६२३.६२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको २ करोड ३२ लाख २२४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १७ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो अर्थात् अन्तिम कारोबार दिन नेप्से २.३५ अंकले घटेर २६५२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको ७९ लाख ५३ हजार ७४० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २६ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

 

 
शनिबार, ११ असोज २०८२, ११ : ५२

प्रतिक्रिया