काठमाडौं- आज सोमबार सेयर कारोबार नहुने भएको छ।
सरकारले आज दिएको सार्वजनिक विदा खारेज भए तापनि कारोबारका लागि सबै निकायहरू तयार नहुँदा सेयर बजार नखुल्ने भएको हो।
सेयर कारोबारका लागि धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरहरू सबै तयार हुनुपर्ने हुन्छ तर यी सबै निकायहरू तयार नभएपछि आज सेयर कारोबार नखुल्ने भएको नेप्सेले जानकारी दिएको छ।
नेप्सेले सूचना जारी गर्दै भोलि मंगलबारबाट सेयर कारोबार नियमिति रूपमा खुल्ने जानकारी दिएको छ। आज भने नेप्से कार्यालय खुले तापनि धितोपत्र कारोबार भने हुनेछैन।
प्रतिक्रिया