सेयर बजार

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

मंगलबार, २१ असोज २०८२, ११ : ००

काठमाडौं- दसैँ  बिदापछि बजार खुलेको पहिलो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.०० अंक घटेर २६६२.५० विन्दुमा झरेको छ। 

यस सेसनमा ४५ लाख ७२ हजार ८४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४३ कम्पनीको १० हजार १५८ कित्ता सेयर खरिदबिक्री भएको छ। 

प्रि ओपन सेसनमा कारोबार भएकामध्ये १० कम्पनीको मूल्य बढ्दा २६ कम्पनीको मूल्य घटेको छ भने बाँकी ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
मंगलबार, २१ असोज २०८२, ११ : ००

प्रतिक्रिया