काठमाडौं- दसैँको लामो बिदापछिको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ को विन्दूमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३२६ कम्पनीको १ करोड ३ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको सेयर कारोबार भएको छ ।
आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ४५ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको १२ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एनआइसी एशिया ऋणपत्र २०८८ का इकाईधनीले ९.११ प्रतिशत र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ७.७२ प्रतिशतका दरले कमाएका छन् ।
भुगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।
नेप्सेमा कारोबार भएकामध्ये आज १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
प्रतिक्रिया