काठमाडौं- साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ को विन्दुमा कायम भएको छ ।
नेप्से यसदिन ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का इकाईधनीले सर्वाधिक ७ प्रतिशतका दरले कमाएका छन् । एनआइएमबि डिबेञ्चर २०९० का इकाईधनीले ६.४८ प्रतिशत र आत्मानिर्भर लघ’वित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
प्रभु इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक ६ प्रतिशतका दरले गुमाएका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा यूनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँ र तेस्रोमा सिनर्जी पावर डेभलपमेन्टको २२ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन नेप्सेमा कारोबार भएकामध्ये १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया