सेयर बजार

नेप्सेमा २२.५९ अंकको वृद्धि, ५ अर्ब २७ करोड माथिको कारोबार

विहीबार, २३ असोज २०८२, १५ : २१

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ ।

आज कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको बजार बढेर बन्द भएको हो ।

नेप्सेमा यसदिन ३१३ वटा कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको हो । नेप्सेमा कारोबार भएका मध्ये २०० कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

Capture

आज शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा यूनियन हाइड्रोपावरको २७ करोड ११ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको २० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज एशियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५. ५४ प्रतिशतका दरले कमाएका छन् । 

त्यस्तै, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ९ प्रतिशतका दरले गुमाएका छन् ।
 

 
विहीबार, २३ असोज २०८२, १५ : २१

प्रतिक्रिया