काठमाडौं- नेपाल धितोपत्र बोर्डका कर्मचारीले आफ्ना मागका विषयमा हालसम्म कुनै पनि सम्बोधन नभएको भन्दै आन्दोलन जारी राख्ने भएका छन्।
विगत ३ सातादेखि कर्मचारीहरुले आफूहरुले पाउँदै आएका सेवासुविधा कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय फिर्ता र धितोपत्र बोर्डलाई स्वायत्त संस्था कायम गर्नुपर्ने माग राख्दै आन्दोलनरत रहेका छन्। कर्मचारी आन्दोलनका कारण धितोपत्र बोर्डको कामकारबाही ठप्प रहेको छ।
सेयर लगानीकर्ताले हिजो पुँजीबजार सुधारका काम अगाडि बढाउन र धितोपत्र बोर्डको नियम काम जारी राख्द माग गर्दै घेराबन्दी गरेका थिए। धितोपत्र बोर्डले पुँजीबजार सुधार कार्यदलले ३ महिनाभित्र गर्नुपर्ने काम कार्यान्वयन चरणमा रहेको जानकारी गराएपछि लगानीकर्ताहरु राति १० बजेतिर फर्किएका थिए।
आज ११ बजे धितोपत्र बोर्डका दुवै युनियनका कर्मचारीहरुको संयुक्त बैठक रहेको जनाइएको छ ।
प्रतिक्रिया