काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १७.६५ अंकले बढेर २५२१ को विन्दुमा आईपुगेको छ ।
यस सेसनमा ४९ लाख ६० हजार ६४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४९ कम्पनीको ९६ हजार ३७३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस सेसनमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया