काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१८ कम्पनीको ७६ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज समाज लघुवित्त र विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २० करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँ र यूनियन हाइड्रोपावरको १२ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन समता घरेलु लघुवित्त वित्तीय संस्थाका सर्वाधिक ६.९३ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया