सेयर बजार

नेप्सेमा १८.४० अंकको गिरावट, कारोबार ३ अर्ब २७ करोडमा सीमित

विहीबार, ३० असोज २०८२, १५ : २२

काठमाडौं- साताको अन्तिम कारोबार दिन पनि सेयर बजार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोडको सेयर कारोबार भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ ।

Capture

आज समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् । युनिक नेपाल लघुवित्तका लगानीकर्ताल. ७.३३ प्रतिशतका दरले गुमाएका छन् ।

आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक ९.९३ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.६९ प्रतिशतका दरले कमाएका छन् ।

मुक्तिनाथ विकास बैंकको आज सर्वाधिक १५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

 
 
विहीबार, ३० असोज २०८२, १५ : २२

प्रतिक्रिया