काठमाडौं- यस साता नेप्से परिसूचक ९५.०१ अंकले घटेर २४८७.१७ विन्दुमा आईपुगेको छ। गत साता २५८२.१८ विन्दुमा बन्द भएको नेप्से यो साता ९५.०१ अंकले घटेर २४८७.१७ को विन्दुमा पुगेको हो ।
यस साता पाँच कारोबार दिन नै बजार खुल्यो । यस साता चार कारोबार दिन घटेको बजार एक कारोबार दिन मात्र बढेको थियो । आइतबार ७८.८३ अंक घटेको बजार सोमबार ४४.२५अंक बढ्यो । मंगलबार १९.४३, बुधबार २२.५८ र बिहीबार १८.४० अंक घट्यो ।
यस साता औसतमा ४ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ६ अर्ब ७० करोडको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ९७ करोडको भयो । मंगलबार ३ अर्ब ३६ करोड, बुधबार ३ अर्ब १० करोड तथा बिहीबार ३ अर्ब २७ करोडको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ४४.२५ अंकले बढेर २५४७.६० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से २२.५८ अंकले घटेर २५०५.५८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको ७६ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
प्रतिक्रिया