सेयर बजार

प्रि ओपन सेसनमा १.९० अंकले बढ्यो नेप्से

आइतबार, ०२ कार्तिक २०८२, १० : ५६

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९० अंकले बढेर २४८९.०७ को विन्दुमा आएको छ । 

यस सेसनमा ४८ लाख ५६ हजार १७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा २३ कम्पनीको ५ हजार ५०९ कित्ता सेयर खरिदबिक्री भएको छ । 

यस सेसनमा कारोबार भएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ  भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । 

 
आइतबार, ०२ कार्तिक २०८२, १० : ५६

प्रतिक्रिया