सेयर बजार

नेप्सेमा १६.६७ अंकको वृद्धि, कारोबार भने २ अर्ब ७९ करोडमा सीमित

आइतबार, ०२ कार्तिक २०८२, १५ : १९

काठमाडौं- तिहार अघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको सेयर कारोबार भएको छ । आज १६३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको सेयर मूल्य घटेको छ ।

Capture

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिरीको २५ करोड ३६ लाख रुपैयाँ र तेस्रोमा यूनियन हाइड्रोपावरको १६ करोड ९७ लाखको सेयर कारोबार भएको छ ।

यसदिन आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९.८९ प्रतिशत र भगवती हाइड्रोका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् ।

हिमालयन ८०–२० का इकाईधनीले आज सर्वाधिक ६ प्रतिशतका दरले गुमाएका छन् ।

 
आइतबार, ०२ कार्तिक २०८२, १५ : १९

प्रतिक्रिया