प्रधानमन्त्री ओलीले प्रचण्डसँग ५ वर्षको अफर मागेपछी...

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'मा यतिबेला पावर सेयरिङका कुरा चल्न थालेका छन् । 

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पावरको कुरा नमीलेपछी पार्टीभित्र धेरै कुराहरु निक्लिन थालेका छन् । सबै भन्दा ठुलो समस्या भनेको प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै चाइएपछी यो कुराले फेरी नेकपाको राजनीतिमा तरङ्ग पैदा भएको छ । 

पछिल्लो समयमा ओली र प्रचण्डबीच निकै भेटघाट बढीरहेको छ । जानकारहरुका अनुसार दुई अध्यक्षबीच अहिले पावरको विषयमा बढी छलफल भइरहेको छ । पार्टी एकताको बेला राजनीतिक दस्तावेजमा आलोपाले प्रधानमन्त्री हुने भन्ने विषयमा खाका तयार भएको थियो ।  तर अहिले ओली उक्त दस्तावेजमा प्रचण्ड जी ले जे जे ल्याउनु भयो महिले सहि गरे तर मलाई थाहा थिएन भन्ने सम्मका डाइलग पछिल्लो कार्यक्रमहरुमा मारीसकेका छन् । 

जानकारहरुको अनुसार प्रचण्डले पार्टी एकीकरणका बेला आफूहरूबीच भएको सहमति कार्यान्यवन हुने गरी जाऔं भनिरहेका छन् । तर ओलीले प्रचण्डलाई आफुले नै ५ वर्ष सरकार चलाउने र मन्त्री मण्डल पनि तत्काल नफेर्ने भनेर भनिसकेका छन् । ओलीले प्रचण्डसँग ५ वर्ष सम्म आफैलाई सरकार चलाउन दिन आग्रह समेत गरिसकेका छन् । तर प्रचण्ड भने प्रधानमन्त्री ओलीले दिएको यस्ता सुझाव पछि सशंकित भएका छन् । 

जानकारहरुका अनुसार ओलीले यस्तो कुरा गरेपछी पार्टी एकीकरणको बाँकी प्रकृया प्रधानमन्त्रीले घोषणा गरेको असार मसान्तसम्ममा समय सम्ममा सकिने सम्भावना कमै देखिन्छ । प्रचण्डले भने ओलीसँग आ–आफ्नो भुमिकाको बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् । जानकारहरु भन्छन्, यतिबेला ओली जे निर्णय गर्दापनि प्रचण्डसँग छलफल गर्देनन्,ओली आफ्नो एकलौटी निर्णयमा अभिन चाहान्छन् । तर प्रचण्डलाई यो नियत पटक्कै मनपरेको छैन । स्रोत भन्छ प्रचण्डले ओलीसँग आफ्नो पनि भुमिका हुनुपर्ने अडान राखेका छन् ।

प्रचण्डले ओलीलाई भनेको भनाईलाई उद्धत गर्दे स्रोत भन्छ, कसको भूमिका के भनेर स्पष्ट पारौं अनी अरु छलफल गरौला । जानकारहरु भन्छन् कुरा यहि अड्किएको छ,प्रधानमन्त्रीलाई दुबै पद चाइएको छ यस कुराले प्रचण्ड सशंकित भएका छन् । नेकपा स्रोत भन्छ, तर अहिले लगभग दिनहु दुई अध्यक्षबीच छलफल भइरहेको छ । पावर सेययरिङ पार्टी एकीकरणका विषयमै पार्टीमा छलफल भइरहेको छ  छिट्टै सबै विषय टुंगो लाग्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया