काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोडको सेयर किनबेच भएको छ । आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा एसबिएल डिबेञ्चर २०८९ को २३ करोड ६४ लाख रुपैयाँ र तेस्रोमा यूनियन हाइड्रोपावरको १८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.८९ प्रतिशतका दरले कमाएका छन् ।
तारागाउँ रेजेन्सीका लगानीकर्ताले आज सर्वाधिक ७.१६ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया