नेप्सेमा ६२.२९ अंकको वृद्धि, ४ अर्ब ५७ करोडको कारोबार

मंगलबार, ११ कार्तिक २०८२, १५ : २०

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । आज २३६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ । 

Capture

आज हिमालयन पावर पाटर्नरको सर्वाधिक २४ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा यूनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँ र तेस्रोमा राधि विद्युत कम्पनीको २१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बुटवल पावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

हिमालयन पावर पाटर्नरका लगानीकर्ताले आज सर्वाधिक ६.३६ प्रतिशतका दरले गुमाएका छन् ।

 
मंगलबार, ११ कार्तिक २०८२, १५ : २०

प्रतिक्रिया