सेयर बजार

आज ५.१७ अंकले घट्यो नेप्से, ५ अर्ब ४५ करोड माथिको कारोबार

बुधबार, १२ कार्तिक २०८२, १५ : २८

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३२१ कम्पनीको १ करोड ४५ लाख १ हजार २८४ कित्ता शेसेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड माथिको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ ।

Capture

आज यूनियन हाइड्रोपावरको सर्वाधिक २३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा एनआरएनको २३ करोड १९ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको २२ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै उपकार लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशत र मानुषि लघुवित्तका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले दरले कमाएका छन् ।

ज्योति विकास बैंक डिबेञ्चरका इकाईधनीले आज सर्वाधिक ५ प्रतिशतका दरले गुमाएका छन् ।

 
बुधबार, १२ कार्तिक २०८२, १५ : २८

प्रतिक्रिया