सेयर बजार

प्रि ओपन सेसनमा २.२४ अंकले बढ्यो नेप्से

विहीबार, १३ कार्तिक २०८२, ११ : ००

काठमाडौं- साताको चौथो तथा अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंकले बढेर २५६८.४० को विन्दुमा आइपुगेको छ ।

यस सेसनमा २१ लाख १२ हजार २८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यस अवधिमा ३४ कम्पनीको  ६ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएको हो । 

सेसन अवधिभरमा नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । 

 
विहीबार, १३ कार्तिक २०८२, ११ : ००

प्रतिक्रिया