सेयर बजार

साताको अन्तिम दिन ३४.२२ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब माथिको कारोबार

विहीबार, १३ कार्तिक २०८२, १५ : १०

काठमाडौं- साताको चौथो अर्थात् अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ को विन्दुमा आईपुगेको छ । 

नेप्सेमा यसदिन ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड माथिको सेयर कारोबार भएको छ । आज २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ ।

Capture

आज हिमालयन बैंकको संस्थापक सेयर सर्वाधिक १ अर्ब ६६ करोडको कारोबार भएको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ३७ करोड ६० लाख रुपैयाँ र तेस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १० लाखको सेयर कारोबार भएको छ ।

यसदिन गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.५४ प्रतिशत र गणपति लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

एनआइबिएल स्टेबल फन्डका इकाईधनीले आज सर्वाधिक ५ प्रतिशतका दरले गुमाएका छन् ।

 
विहीबार, १३ कार्तिक २०८२, १५ : १०

प्रतिक्रिया