सेयर बजार

साताभर ९६.५३ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, १५ कार्तिक २०८२, १२ : ०९

काठमाडौं- यस साता नेप्से परिसूचक ९६.५३ अंकले बढेर २६००.३८ विन्दुमा आईपुगेको छ। तिहार अघि कार्तिक २ गते २५०३.८५ विन्दुमा बन्द भएको नेप्से यो साता ९६.५३ अंक बढेर २६००.३८ विन्दुमा पुगेको हो ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ करोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता औसतमा ५ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार २ अर्ब ६६ करोडको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ५७ करोडको भयो । बुधबार ५ अर्ब ४५ करोड तथा बिहीबार ७ अर्ब ५१ करोडको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ५.१९ अंकले बढेर २५०९.०४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ५.१७ अंकले घटेर २५६६.१६ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ४५ लाख १ हजार २८४ कित्ता शेसेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको अन्तिम अर्थात् चौथो कारोबार दिन नेप्से ३४.२२ अंकले बढेर २६००.३८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । 

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ४ प्रतिशत बढेको छ। नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ६१ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

 
 
 
शनिबार, १५ कार्तिक २०८२, १२ : ०९

प्रतिक्रिया