काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.७९ अंक बढेर २६१४.१८ विन्दुमा आइपुगेको छ।
यस सेसनमा १ करोड ७७ लाख ८६ हजार १७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५८ कम्पनीको ३१ हजार ४९० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया