नशामा मेयर, मतदाताकै अनादर

आइतबार, १६ कार्तिक २०८२, १३ : ४१

काठमाडौं - काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बेलाबखतमा विभिन्न कारणले चर्चामा आउने गर्दछन् । कहिले सिंहदरबार जलाउने धक्ी दिएर त कहिले प्रधानमन्त्रीलाई नै ‘निर्देशन’ दिएर उनी विवादमा आउने गर्दछन् । अहिले भने उनी अश्लिल स्टाटस लखेर आलोचनाको शिकार बनेका छन् । देशको राजधानी शहरको मेयरले यस प्रकारको सार्वैजनिक टिप्पणी गर्नु उनको त बेइज्जति हो नै साथै उनलाई मतदान गर्ने मतदाताकै अपमान भएको छ । 
उनले गए राति ११ः५६ बजे उक्त स्टाटस लेखेका थिए । उनी  प्रायः मध्य रातमै लेख्ने गर्दछन् । एक प्रत्यक्षदर्शीले त्यस साँझ उनी एउटा रेष्टुरेन्टमा मदीरा पिइरहेको देखेको बताएकी छन् । उक्त स्टाटसकै कारण  पार्टी नेतादेखि सरकारका मन्त्रीसम्मको निसानामा परेका छन्। उक्त स्टाटसमा उनले राजनीतिक दल र भारत, चीन लगायतका मित्र राष्ट्रहरुप्रति आक्रोश पोखेका थिए । तर असभ्य र अश्लिल शब्दमा । 

मेयर बालेनले गएराति फेसबुकमा अमेरिका, भारत र चीन तथा नेपालका राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र माओवादीलाई लहरै राखेर अंग्रेजीमा एउटै अश्लील शब्द प्रयोग गरेका थिए। लेख्नासाथ व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए। तर त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

यतिबेला सर्वसाधारणले मात्र होइन, राजनीतिक दलका नेतादेखि सरकारका मन्त्रीसम्मले उनको आलोचना गरिरहेका छन्। 

धेरैले उनलाई गाजा तानेर स्टाटस लेखेको आरोप लगाइरहेका छन्। 

एमाले नेता विष्णु रिजालले त उनलाई तत्काल पक्राउ नै गर्न माग गरेका छन्। 

एमाले केन्द्रीय सदस्य रिजालले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ। नत्र अराजकता र मुठभेड बढ्छ।’
बालेनलाई केही युवाहरुले ‘रोल मोडल’ मानिरहेका छन् भने वैकल्पिक राजनीतिको वकालत गर्नेहरु उनलाई नेता बनाउने कुरा गरिरहेका छन् । उनी साँच्चिकै नेता भए भने देशका अवस्था के होला ? केही जेनजि अगुवाहरुले त उनलाई प्रधानमन्त्री नै बन्न आग्रह गरेका थिए । उनी एक पटक जनताले निर्वाचित गरेका जनप्रतिनिधि त हुन तर उनले आफ्नो ओज र पदीय मर्यादा कायम गर्न सकेको पाईंदैन । राजनीतिमा यस्तै चरित्रका मानिसहरुको खोजी हुनु जनताको अपमान हो या देशकै दुर्भाग्य । समयले नै बताउला । 


 

आइतबार, १६ कार्तिक २०८२, १३ : ४१

प्रतिक्रिया