काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ को विन्दुमा आईपुगेको छ ।
नेप्सेमा यसदिन ३०० कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । आज २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज हिमालयन बैंकको संस्थापक सेयर सर्वाधिक १ अर्ब ६६ करोडको कारोबार भएको छ । दोस्रोमा युनियन हाइड्रोपावरको ३४ करोड ३० लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको २५ करोड ४८ लाखको सेयर कारोबार भएको छ ।
यसदिन सामुदायिक लघुवित्त, गुर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी गरी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले ९.९८ प्रतिशत र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले कमाएका छन् ।
खानीखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया