काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को विन्दुमा आईपुगेको छ ।
नेप्सेमा यसदिन ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ । आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक ३७ करोड ६८ लाखको कारोबार भएको छ । दोस्रोमा एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा राधि बिद्युत कम्पनीको २४ करोड ६१ लख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८ प्रतिशतका र नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।
र्स्टन हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया