सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

मंगलबार, १८ कार्तिक २०८२, १० : ५५

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८६ अंक बढेर २६२३.७६ को विन्दुमा आएको छ।

यस सेसनमा ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४१ कम्पनीको १ लाख ३ हजार ५९० कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
 
मंगलबार, १८ कार्तिक २०८२, १० : ५५

प्रतिक्रिया