काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको छ ।
नेप्सेमा यसदिन ३२२ कम्पनीको १ करोड ३४ लाख ३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड माथिको सेयर कारोबार भएको छ । आज ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक २७ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनआरएन राधी विद्युतको २२ करोड ४६ लाख रुपैयाँ र तेस्रोमा युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन मालिबिङ इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका छन् । यस्तै, फस्र्ट माइक्रफाइनान्सका लगानीकर्ताले ९.२० प्रतिशतका दरले कमाएका छन् ।
मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया