सेयर बजार

नेप्सेमा १२.१७ अंकको वृद्धि, कारोबार भने ४ अर्ब ६८ करोडमा सीमित

बुधबार, १९ कार्तिक २०८२, १५ : ०७

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ को विन्दुमा आइपुगेको छ ।

नेप्सेमा यसदिन ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज युनियन हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्ट्रिलरीको ३२ करोड ७०६ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको ३१ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।

फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले आज सर्वाधिक ७.४८ प्रतिशतका दरले गुमाएका छन् ।

 
बुधबार, १९ कार्तिक २०८२, १५ : ०७

प्रतिक्रिया