सेयर बजार

प्रि ओपन सेसनमा २.३० अंकले बढ्यो नेप्से

विहीबार, २० कार्तिक २०८२, १० : ५४

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंक बढेर २६०९.७२ को विन्दुमा आएको छ।

यस सेसनमा ४४ लाख ६५ हजार ५३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४९ कम्पनीको ६ हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
विहीबार, २० कार्तिक २०८२, १० : ५४

प्रतिक्रिया