काठमाडौं- यस साता नेप्से परिसूचक ४.२६ अंकले घटेर २५९६.१२ विन्दुमा आईपुगेको छ। गत साता २६००.३८ विन्दुमा बन्द भएको नेप्से यो साता ४.२६ अंक बढेर २५९६.१२ विन्दुमा पुगेको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता औसतमा ६ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ९ अर्ब २० करोडको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ५ करोडको भयो । मंगलबार ५ अर्ब १५ करोड, बुधबार ४ अर्ब ६८ करोड तथा बिहीबार ५ अर्ब ३४ करोडको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०० कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ८.२४ अंकले घटेर २६२२.८९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ३४ लाख ३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से १२.१७ अंकले बढेर २६०७.४२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको अन्तिम अर्थात् पाँचौ कारोबार दिन नेप्से ११.१२ अंकले घटेर २५९६.१२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
प्रतिक्रिया