सेयर बजार

प्रि ओपन सेसनमा ४.५६ अंकले बढ्यो नेप्से

सोमबार, २४ कार्तिक २०८२, १० : ५४

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५६ अंक बढेर २५७०.६६ को विन्दुमा आएको छ।

यस सेसनमा ३१ लाख ९५ हजार ३८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३७ कम्पनीको २ हजार २९५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, २४ कार्तिक २०८२, १० : ५४

प्रतिक्रिया