सेयर बजार

नेप्सेमा २१.७८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

बुधबार, २६ कार्तिक २०८२, १५ : ०५

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा झरेको छ ।

नेप्सेमा यसदिन ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको २२  करोड १० लाख रुपैयाँ र तेस्रोमा सहास उर्जाको १३ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसदिन सागर डिष्टिलरीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बुंगल हाइड्रोपावर र बन्दीपुर केवलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ८.७२ प्रतिशतका दरले गुमाएका छन् ।

बुधबार, २६ कार्तिक २०८२, १५ : ०५

प्रतिक्रिया