सेयर बजार

सामान्य अंक बढेर बन्द भयो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

विहीबार, २७ कार्तिक २०८२, १५ : १९

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको छ । 

आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । 

Capture

आज हिमालयन पावर पाटर्नरको सर्वाधिक १६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरीको १३ करोड ९१ लाख रुपैयाँ र तेस्रोमा यूनियन हाइड्रोपावरको १३ करोड ३० लाख  रुपैयाँको सेयर कारोबार भएको छ । 

यसदिन माबिलुङ इनर्जी र श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी र बुङगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक ४ प्रतिशतका दरले गुमाएका छन् ।

 
 
 
विहीबार, २७ कार्तिक २०८२, १५ : १९

प्रतिक्रिया